यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
महतोले सरकारलाई लगाए आरोप
वीरगन्ज, पुस १ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकार वार्ता प्रक्रियाबाट नै भाग्न खोजेको आरोप लगाएका छन् ।
बुधबार वीरगन्जमा सन्चारकर्मीसँग कुरा गर्दै उनले भने–‘हामी वार्ता र संवादबाट समस्याको निकास खोज्न चाहेका छौं, तर सरकार वार्ताको वातावरण बनाउनुभन्दा पनि बिगार्न र वार्ताको प्रक्रियाबाट नै भाग्ने दाउमा छ ।’
/>
अध्यक्ष महतोले संसदमा प्रस्तुत संविधान संशोधनसम्बन्धी प्रस्तावले मधेस आन्दोलनका मागलाई सम्बोधन गर्न नसक्ने भएकाले एकमुस्टरुपमा सहमति खोज्नुपर्नेमा जोड दिँदै मधेसी जनताको माग र भावनाविपरीत सरकारले उक्त विधेयक संसदमा पेस गरेर मोर्चासँग वार्ता र संवादको वातावरण बिगार्ने काममा लागेको धारणा राखे । रासस
यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
proplley


0 comments
Write Down Your Responses