loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

वीरगञ्जमा तनाव, राजावादीको कार्यक्रम बिथोलियो
वीरगञ्जमा तनाव, राजावादीको कार्यक्रम बिथोलियो वीरगञ्ज–लोकतन्त्रको दुहाई दिदै मधेशीको अधिकारलाई संविधानमा समावेश गर्नु पर्ने मागसहित आन्दोलनमा रहेका मधेशवादी दलका नेता कार्यकर्ताले नै लोकतन्त्रको मुल्यमान्यतालाई समाप्त पार्दै आलोकतान्त्रिक चरित्र प्रदर्शन गर्न थालेका छन् ।

राजाबादी birjunj (1) शान्ति पूर्ण रुपमा सबैले आप्mनो कुरा राख्न पाउने संबैधानिक अधिकार भएपनि मधेश आन्दोलनको केन्द्रविन्दु बनेको वीरगन्जमा अन्य पार्टी वा संगठनले निकालेको जुलुमा मधेशवादीदलका नेता कार्यकर्ताहरुले हस्तक्षेप गरी विथोल्दै आएका छन् । अन्य दल वा संगठनले मधेश आन्दोलनको पक्षमा निकालेको जुलुशलाई समेत उनीहरुले हस्तक्षेप गरि विथोल्दै आएका छन् ।

 यसै क्रममा आज मधेशी आन्दोलनको पक्षमा नारा लगाउर्दै राजावादीहरुको संगठन राजसंस्था पुर्नस्थापना संर्घष समितिले वीरगन्जमा निकालेको जुलुमा संघिय समावेशी मधेशी युवा गठबन्धनका नेता कार्यकर्ताहरुले हस्तक्षेप गरेका छन् । संर्घष समितिको जुलुश वीरगन्जको घण्टाघर चोकमा पुगेपछि युवा गठबन्धनका नेता ईशवर यादव ओम, प्रकाश सरार्फ र कार्यकर्ताहरुले हस्तक्षेप गरी कार्यकक्रमलाई विथोलेका हुन् ।

राजाबादी birjunj (2) संर्घष समितिको कार्यक्रममा गठबन्धनका कार्यकर्ताले हस्तक्षेप गरेपछि दुवै संगठन बीच भिडन्तको अवस्था सिर्जना भएको थियो । दुवै संगठन बीच उत्पन्न तनावलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses