loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

संघीयता खारेज गर्न एमालेका वरिष्ठ नेता खनालको प्रस्ताव
काठमाडौं, १९ मंसर । एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले मधेसी मोर्चाका गतिविधिले संघीयता विफलताको बाटोमा हिँडिरहेको बताउनुभएको छ । उहाँले मधेसी मोर्चाका केही नेताहरूले भने अनुसार संघीयताको सिमाङ्कन हुनै नसक्ने बताउनुभयो । ‘मधेसी मोर्चाले माग गरे अनुसार सहमति हुँदैन’, खनालले भन्नुभयो, ‘यस्तै अवस्था रहे संघीयता विफल हुन्छ । खारेज हुन सक्छ ।’ मधेसी मोर्चाले समथल मैदानभरि मधेसी प्रदेश माग गरेको विषयप्रति आक्रोशित बन्नुभएका एमालेका वरिष्ठ नेता खनालले भन्नुभयो, ‘समथल मैदान खोज्ने हो भने बिहार, उत्तर प्रदेश सिङ्गो भारत समथल छ । 

त्यो पनि ल्याए हुन्छ ।’ उहाँले बिगतमा मधेसी मोर्चासँग भएको सहमतिमा झापादेखि कञ्चनपुरसम्मको भू–भाग मधेसी प्रदेश दिने भनेर कुनै सहमति नभएको बताउनुभयो । ‘मधेसी मोर्चाले माग गरे अनुसार स्वायत्त मधेस प्रदेश सप्तरीदेखि पर्सासम्म प्रदेश बनेको छ’, नेपालवाणी रेडियो नेटवर्कमा आज (शनिबार) बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै भन्नुभयो, ‘उनीहरूको सीमाङ्कनको माग कदापि पूरा हुँदैन ।’ नेपालभित्रको समस्यामा भारतले अनावश्यक हस्तक्षेप गरेको बताउनुभएका खनालले भन्नुभयो, ‘दिल्लीको चाबीले समस्या समाधान गर्न सक्दैन ।’ 

उहाँले अगाडि भन्नुभयो, ‘विभिन्न ठाउँतिर चाबी खोज्न मधेसी नेताहरू हिँडेका छन् भने त्यो पुरानो चाबीले काम गर्दैन ।’ उहाँले नयाँदिल्लीले नेपालमा सहमति खोज्ने विषय पुरानो भइसकेको उल्लेख गर्नुभयो । अहिलेसम्म मुलुकमा सुरक्षा निकायले गरेको कार्यको प्रसंशा गर्नुभएका खनालले आवश्यक पर्दा राज्यका सबै सुरक्षा अंग परिचालन हुने चेतावनी दिनुभयो । ‘आवश्यक परे राज्यका सबै सुरक्षा अंग चल्छ’, उहाँले भन्नुभयो । मधेसी मोर्चाले नाकाबन्दी गर्ने क्षमता नराख्ने एमालेका वरिष्ठ नेता खनालले बताउनुभयो ।

 उहाँले भन्नुभयो, ‘मधेसी मोर्चाले नाकाबन्दी गर्न सक्छ की सक्दैन त्यो त उनीहरूको ‘खुट्टी’बाट सबैले थाहा पाएका छौँ । नाकाबन्दी गर्ने मधेसी मोर्चाको ‘खुट्टी’ देखिएको छ ।’ उहाँले दशगजामा चार जना बसेर रक्सौलमा अबरोध गरेको उल्लेख गर्नुभयो । ‘दशगजामा चार जना बस्ने । प्रहरीले हस्तक्षेप गर्दा भारत भागेर जाने । पेट्रोल बम हान्ने । ढुङ्गा हान्ने गैरराष्ट्रवादी चरित्र हो’, खनालले भन्नुभयो । भारतले नाकाबन्दी लगाएर नेपाललाई चीनसँग व्यापार गर भनेर दबाव दिइरहेको बताउनुभयो । उहाँले चीनसँग पनि ब्यापार सम्झौता गर्नुपर्ने बताउनुभयो । दैनिक नेपाल बाट । - See more at:

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses