loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

आयरल्यान्डमाथि नेपालको फराकिलो जित
नेपाल सम' बाट क्वाटर फाइनलमा
काठमाडौं : बंगलादेशमा जारी आइसीसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत शनबिार भएको खेलमा नेपालले आयरल्यान्डमाथि फराकिलो जित निकालेको छ ।

बंगलादेशको फटुल्लाह स्टेडियमा भएको खेलमा नेपालले आयरल्यान्डमाथि ८ विकेट  को जित दर्ता गरेको हो ।

नेपाललाई बिजयी गराउने क्रममा ओनपर योगेन्द्रसिंह कार्कीले सर्वाधिक ६१  रनको योगदान दिए । नटआउट रहेका उनले ८१ बलको सामना गरेका थिए।

टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले दिएको १३२ रनको चुनौती पछ्याएको नेपाली टिमले  २५.३ ओभरमै २ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो ।

पहिलो खेलमा टेस्ट मान्यता प्राप्त बलियो राष्ट्र न्यूजिल्यान्डमाथि ३२ रनको जित निकालेको नेपाल आयरल्यान्डलाई हराएपछि समूह डी बाट क्वाटर फाइनलमा पुगेको छ ।

नेपालका लागि नटआउट रहेका अरिफ सेखले ३६ बलमा ३१ रनको योगदान दिए । त्यसैगरी सुनिल धमलाले ३५ बलमा २८ रनको योगदान दिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको आयरल्यान्डले पुरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १३१ रन मात्र बनाउन सक्यो ।

टस जितेर ब्याटिङ रोजेको आयरल्यान्डलाई सस्तैमा समेट्न नेपालका लागि सन्दीप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिए । त्यस्तै, दीपेन्द्र ऐरीले २ तथा सुनिल धमला र सुशील कँडेलले १-१ विकेट झारे ।

नेपाली धारिलो बलर सामु आयरल्यान्डमा बलर निरीह बनेका थिए । आयरल्यान्डले ३८.५ ओभरमै ८ विकेट गुमाएर ९२ रन मात्र बनाएको थियो । त्यसपछि आयरल्यान्ड केही सम्हालिएको थियो ।

आजको खेल जितेपछि नेपालको क्वाटरफाइनलमा पक्का भएको छ । पहिलो खेलमा नेपालले बलियो मानिएको न्युजिल्यान्डलाई ३२ रनले हराएको थियो । समूह ‘डि’ मा रहेको नेपालले आफ्नो अन्तिम खेल यही माघ १८ गते भारतसँग खेल्नेछ ।

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses