यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
प्रधानमन्त्री भ्रमणको कार्यसूची मिलाउन अर्थमन्त्री भारत जाँदै
काठमाडौं, माघ १५ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल भारतीय विदेशमन्त्री सुष्मा स्वराजको औपचारिक निमन्त्रणामा यही माघ २४ गते भारत भ्रमणमा जाने भएका छन् ।
भारतमा रहँदा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको कार्यसूची र नेपाल–भारतबीच सहयोग आदान–प्रदानका विषयमा भारतीय नेता र आफ्ना समकक्षीसँग छलफल गर्ने कार्यक्रम छ ।
अर्थमन्त्री पौडेलको तीनदिने भारत भ्रमण तय भएको र सो अवसरमा दुई देशको आपसी हित एवं सम्बन्धका विषयमा कुराकानी हुने उनका प्रेस सल्लाहकार मोहन चापागाइँले शुक्रबार राससलाई जानकारी दिए । रासस
फाइल फोटो
यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
proplley



0 comments
Write Down Your Responses