loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

हत्या अभियोगमा एमाओवादीका अर्का सांसद पनि फन्दामा, प्रचण्डलाई तनाव

डौं, २ चैत । ल्हारक्याल लामा पक्राउ परेको दुई दिन नबित्दै एमाओवादीका एक जना अर्का सांसद पनि फन्दामा परेका छन् ।तत्कालिन जनयुद्धका बेला घर फर्किन लागेका तीन जना निर्दोषको हत्या गरेको अभियोग लागेका एमाओवादी सभासद केशव राई कानुनी फन्दामा परेका हुन् ।उनीमाथि गुरू लुइँटेल, मस्त तामाङ, पदम तामाङलाई काठमाडौंबाट आफ्नो घरतर्फआउँदै गर्दा बाटैमा अपहरण गरी हत्या गरेको अभियोग लागेको थियो । जसलाई ओखलढुंगा जिल्ला अदालतलले दोषी ठहर गर्दै पक्रिन आदेश दिएको थियो ।


तर, ओखलढुंगा निर्वाचन क्षेत्र १ बाट निर्वाचित राईले उक्त अभियोगपत्र तथा कारबाही असंवैधानिक र विस्तृत शान्ति सम्झौता २०६३ प्रतिकूल भएको जिकिर गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।राईको रिटमाथि सुनुवाई गर्दै सर्वाेच्च अदालतका प्रधानन्यायधिश कल्याण श्रेष्ठ र ओमप्रकाश मिश्रको इजलासले मंगलबार रिट खारेज गरेको छ । पीडित परिवारले पाँच वर्ष अघि नै ओखलढुंगा जिल्ला अदालतमा मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं. र १३ (३) नं अन्तरर्गत सर्वस्वसहित जन्मकैदको सजायको माग दाबी गरेका थिए ।


अब राईमा प्रहरीले पक्राउ गरी अदालतमा बुझाउन बाटो खुलेको छ । यसअघि आइतबार मात्रै एमाओवादी सांसद ल्हारक्याल लामा पक्राउ परेका थिए ।पार्टीका नेता तथा सांसद धमाधम पक्राउ पर्न थालेपछि एमाओवादी अध्यक्ष प्रचण्ड भने तनावमा परेका छन् । यसअघि सर्वाेच्च अदालतले मैना सुनारको मुद्दामा एमाओवादी नेता बालकृष्ण ढुंगेललाई जन्मकैदको सजाय सुनाएको थियो । हाल ढुंगेल फरार छन् ।

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses