loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

अब चिनियाँ सेना पाकिस्तानमा तैनाथ हुने, भारतको हावा खुस्कियो
काठमाडौं, ३० फागुन । चीनले चाँडै नै पाकिस्तानमा आफ्ना सैनिक तैनाथ गर्ने तयारी गरेको छ ।

यी सैनिकलाई चीन–पाकिस्तानको करिब ३ हजार किलोमिटर लामो आर्थिक मार्गमा तैनाथ गरिनेछ । जसले बलुचिस्तानको ग्वादर पोर्टबाट चीनको शिनजियांग प्रान्तको सीमानालाई जोड्छ ।
भारतीय पत्रिका अमर उजालाका अनुसार भारतीय सुरक्षा एजेन्सीहरुले केन्द्र सरकार र गृह मन्त्रालयलाई यो विषयमा जानकारी गराइसकेका छन् । 

सुरक्षा एजेन्सीहरुले भनेको छ कि यो आर्थिक मार्गमा चिनियाँ सैनिकका साथै पाकिस्तानी सेनाका जवान पनि तैनाथ रहनेछन् । यो हाइवेमा पाकिस्तान आफ्ना तीन स्वतन्त्र इन्फैंट्री बिग्रेड र दुई अतिरिक्त आर्टिलरी रेजीमेन्टलाई तैनाथ गर्दैछ । यसमा एक ब्रिगेडमा तीन रेजीमेन्ट हुनेछन् र हरेक रेजीमेन्टमा करिब १ हजार सैनिक हुनसक्छन् ।


 
जून आर्थिक राजमार्गमा यी सैनिकलाई तैनाथ गरिँदैछ त्यो पाकिस्तानको बलुचिस्तानको ग्वादर पोर्टबाट शुरू भएर मकरन, लाहौर र इस्लामाबाद हुँदै पाक शासित कश्मीरको गिलगित–बाल्टिस्तानलाई जोड्दै चीनको शिनजियांग प्रान्तको काशगर पुगेर सकिनेछ । यो मार्ग करिब ३ हजार किलोमिटर लामो छ ।

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses