यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
राजधानीमा अब 'हाइ-टेक' बस, यस्ता छन् सुविधा (भिडियो)
काठमाडौं, फागुन ३० । आजबाट राजधानीको चक्रपथ रुटमा अत्याधुनिक प्रविधि जडित हाइटेक महानगर यातायात सञ्चालनमा आएको छ । महानगर यातायात प्रालिले १६ करोडको लगानीमा ३९ वटा वस सञ्चालनमा ल्याएको हो ।
एक समय अन्य बसको तुलनामा साझा बसले निकै लोकप्रियता कमाएको थियो । सस्तो टिकट दरमा आधुनिक प्रविधिसहितको आकर्षक साझा बसले शुरुवाती चरणमा लोकप्रियता त कमायो तर समयसँगै न त सही रुपमा व्यवस्थापन हुन सक्यो, न त राजधानीको सडकमै सुधार भयो ।
आइतबार काठमाडौं महानगर यातायातले राजधानीको बनस्थलीमा बिषेश कार्यक्रम गरी अत्याधुनिक प्रविधिसहित हाइटेक प्रविधि जडित मेट्रो सेवाको सुरुवात गरेको छ ।
यात्रुलाई निवासबाटै बसको दुरीको जानकारी दिने रोड म्याप, यात्रुको संख्याबारे जानकारी दिने लोकेसन ट्रयाकिङ सहितको यातायात नामक मोबाइल एप, स्वचालित ढोका तथा फ्रि वाइ फाइ जडित महानगर यातायातमा एलइडी टेलिभिजन र सीसीटिभि क्यामेरा समेत जडान गरिएको छ ।
बसमा राखिएको डिस्प्ले स्क्रिन र आवाजबाटै यात्रुले सुनिने गरी प्रत्येक स्टेसनमा पुगेको जानकारी दिने साउन्ड सिस्टम समेत बसमा जडान गरिएको छ । २१ जनाको संयुक्त लगानी रहेको महानगरको एउटा बसको लागत ३८ लाख ९० हजार तथा यसमा जडान भएका प्राबिधिक उपकरण १ लाख ५० हजार गरी करिव ४२ लाख रुपैयाँ हुने महानगर यातायातले जनाएको छ ।
जम्मा १६ करोडको लगानीमा सञ्चालनमा ल्याइएका ३९ वटा महानगरीय बसको सेवा यात्रुले बिहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म संचालन हुने पाउने बताइएको छ ।
यात्रु चढाउने र ओराल्ने बाहेक समय नष्ट नगरी यात्रुहरुलाई सबैभन्दा छिटो गन्तब्यमा पु¥याउनु नै यात्रुका लागि बसको मुख्य आकर्षण हुने महानगर यातायात प्रालिका अध्यक्ष मधुसुधन अधिकारीको भनाइ छ ।
राजधानीको चक्रपथ परिक्रमा गर्ने गरी आजबाट सञ्चालनमा आएको ननस्टप बस सेवाको पहिलो दिन निःशुल्क सेवा प्रदान गरिएको थियो ।
यातायात व्यवस्थापन राजधानीमा मुख्य चुनौती बन्दै आएको छ । अझ बसको संख्या बृद्धि हुदै गर्दा समेत जीर्ण सडक सुधारमा सरकारको पर्याप्त ध्यान जान सकेको छैन । अत्याधुनिक प्रविधि जडित महानगर यातायातले बस सेवा संचालन गर्नु यात्रुका लागि सुखद् खबर हो । तर योसँगै यसको उचित ब्यवस्थापनमा पर्याप्त ध्यान भएन भने शुरुवाती लोकप्रियता एकादेशको कथा बन्ने निश्चित छ ।
यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
proplley



0 comments
Write Down Your Responses