loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

अन्ततः झुक्यो विराट, पेट्रोलको मूल्य प्रतिलिटर ९९
काठमाडाैं-विराट पेट्रोलियम कम्पनिले अन्ततः ९९ रूपैया प्रतिलिटरमा पेट्रोल बिक्री गर्न थालेको छ। शनिबारसम्म सोही तेल १ सय ३० रूपैया प्रतिलिटरमा बिक्री गर्दै अाएको थियो।

अाफूखुसी १ सय ३० मा बिक्री सुरू गरेपछि चाैतर्फी अालोचना भएको थियो। नेपाल अायल निगमले ९९ रूपैयाँ प्रति लिटरमा बिक्री गरिरहेको पेट्रोल विराटले युरो-४ मापदण्ड र अन्य विभिन्न कारण दर्शाउँदै १ सय ३० मा बिक्री गर्दै अाएको थियो। नेपाल आयल निगमभन्दा लिटरमा ३१ रुपैयाँ महँगोमा पेट्रोल बिक्री गर्दै अाएको थियो।

त्रिपुरेश्वरस्थित जयन्ती अायल स्टोरका व्यवस्थापक राजकुमार महर्जनका अनुसार अाइतबार बिहानदेखि नयाँ मूल्य ९९ प्रतिलिटर बिक्री गर्न मिल्नेगरी विराटले पेट्रोल उपलब्ध गराएको हो। ‘अाज बिहानदेखिनै विराटको पेट्रोल नयाँ मूल्यमा बिक्री गर्न सुरू गरेका छाैं,’ नागरिकन्युजसँग महर्जनले भने ‘अहिलेसम्म ३ हजार लिटर नयाँ मूल्यमै बिक्री गरियो।’

जयन्ती अायल स्टोर तीन त्यस्ता पेट्रोल पम्प मध्येको एक हो जसलाइ नेपाल अायल निगमले विराटकै मनमाैजिको मूल्यमा बिक्री गर्न अनुमति दिएको थियो।

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses