यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
जनताको अनुहारमा हाँसो र समृद्धि ल्याउन राजनीति गरेको हुँ: सशांक कोइराल
काठमाडौं, फागुन २६ । नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत चुनावी प्रक्रियाबाट महामन्त्रीमा निर्वाचित सशांक कोइरालाले संस्थापक नेताहरुको आदर्शलाई पालना गर्दै जनताको अनुहारमा हाँसो र समृद्धि ल्याउन राजनीति गरेको बताएका छन् ।
महामन्त्रीमा विजय भएपछि आज एक विज्ञप्तीमार्फत मत दिने प्रतिनिधि, सहयोग पुर्याउनेशुभेच्छुकलाई धन्यवाद ज्ञापन गर्दै उनले सभापतिमा विजयी सभापति र कोषाध्यक्षलाई बधाई दिए ।
उनले विज्ञप्तीमा भनेका छन् ‘समतामुलक, समावेशी, दिगो र दरिलो विकासको प्रक्रिया प्रजातान्त्रिक पद्धतीमा मात्र सम्भव भएकाले त्यसमा आफू र पार्टी कटिबद्ध छ ।’
‘यतिबेला हाम्रो प्रजातन्त्रको मुहान मधेसमा असन्तुष्ट छ । सहमति, सहकार्य, समझदारी र आपसी मेलमिलापबाट समस्या समाधन गर्न नेपाली कांग्रेस दृढ संकल्पित छ,’ विज्ञप्तीमा उल्लेख छ ।
-
यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
proplley


0 comments
Write Down Your Responses