loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

हाई जस्तै लो ब्लड प्रेसर पनि खतरनाक हुन्छ,के के हुन् त यसका लक्षण ?

मानव शरीरको लागि जीवनका मुख्य परिसूचकहरु नाडी, रक्तचाप, तापक्रम, रगतमा चिनी आदि निश्चित मापदण्ड भित्र हुनु जरुरी छ । यदि रक्तचाप १२०/९० भन्दा बढी भएमा उच्च रक्तचाप भनिन्छ भने ९०/६० भएमा कम रक्तचापको परिभाषामा पर्दछ । सामान्यतया दुब्लो, पातलो ब्यक्तिमा, पौष्टिक भोजन अपर्याप्त भएपछि कम रक्तचाप हुन्छ ।


स्वास्थ्य नराम्रो हुनु, भोको पेट बस्नु, समयमा खाना नखानु, शरीरको ख्यालै नगरी काम भन्दा हुरुक्क हुने, धेरै कमजोरी, क्षयरोग, मानसिक आघात, बढी रक्तश्राव, झाडाबान्ता तथा अचानक तर्सेर पनि रक्तचाप कम हुन्छ । रक्तचाप कम भएमा रोगीलाई चक्कर आउने, काम गर्दा अल्छी लाग्ने, चाँडै थाक्ने, नाडी तीब्र हुने, उत्तेजनाको बेलामा थरथर काम्ने, पसिना आउने इत्यादि पनि हुन सक्छ । यदि एनिमिया भएमा पनि रक्तचाप कम हुने गर्दछ ।
खास गरेर अनुशासित जीवन बिताउनु यसको मुख्य आधार हो । समयमै उठ्ने, समयमै सुत्ने, समयमै खाने, आहारविहार रहनसहन सद्व्यवहार नै यसका रोकथामका उपाय हुन् । बिहान बेलुका व्यायाम तथा अलिकति नून चर्को खाने गरे पनि अलि फाइदा हुन्छ । उपचारको त खास आवश्यकता पर्दैन । कारण अनुसार यदि रक्तश्राव, जलविनियोजन आदि भएमा रगत वा स्लाइन दिनुपर्दछ । समय समयमा रक्तचाप परीक्षण गरी रेकर्ड राख्नु पर्दछ । धेरै समस्या परेमा मुटु विशेषज्ञसँग सम्पर्क राख्नु जरूरी हुन्छ ।

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses