यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
– विमल योगी
काठमाडौं, २३ फागुन । राष्ट्रिय सभागृहमा जारी नेपाली कांग्रेसको १३ औं महाधिवेशनको मतदान प्रक्रियामा अर्काे लफडा भएको छ ।
स्वर्गीय सभापति सुशील कोइरालाले मनोनित गरेका ३० जना प्रतिनिधिले मतदान गर्न नपाएपछि विवाद उत्पन्न भएको हो ।
मतदान गर्न नपाएका ३० जना संस्थापन पक्षका प्रतिनिधि हुन् । देउवा समूहले नमानेपछि ३० जनाले मतदान गर्न नपाएका हुन् ।
यसैबीच मतदान गर्न नपाएका प्रतिनिधिहरुले मतदानस्थलमै पत्रकार सम्मेलन गरी निर्वाचन समिति विक्री भएको आरोप लगाएका छन् । उनीहरुले निर्वाचन समितिलाई देउवाले किनेको भन्दै समितिविरुद्ध अदालतमा मुद्दा हाल्ने चेतावनी दिएका छन् । उनीहरुले भनेका छन्– पैसा पनि लिइयो, कार्ड पनि दिइयो, महाधिवेशन प्रतिनिधि पनि बनाइयो । अहिले आएर रोक्न मिल्छ । विरोध गर्ने भए सुरुमै गर्नपथ्र्याे ।
यसबारेमा निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीलाई जानकारी गराएपनि कुनै सुनुवाई नभएको उनीहरुले दुखेसो पोखेका छन् । अहिले उनीहरु मतदानस्थलमा धर्ना दिइरहेका छन् ।


0 comments
Write Down Your Responses