loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

किम जोङको दावी: ‘सानो आकारको परमाणु हतियार बनाएका छौं’

काठमाडौं, फागुन २६ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नो देशका वैज्ञानिकले ब्यालेस्टिक मिसाइलमा जडान गर्न मिल्ने सानो आकारको परमाणु हतियार बनाएको दाबी गरेका छन् ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले यसअघि नै ब्यालेस्टिक मिसाइलमा जडान गर्न मिल्ने सानो आकारको परमाणु हतियार तयार भएको जनाएको थियो । तर यसविषयमा सर्वोच्च नेता उनकै दाबी भने पहिलो पटक आएको हो ।

विश्व समुदायबाट अलग रहँदै आएको उत्तर कोरियाले गत जनवरीमा हाइड्रोजन बमको सफल परीक्षण गरेको दाबी गरेको थियो । तर विशेषज्ञ भने यो दाबीको विश्वसनीयतामा विवादित छन् ।

उत्तर कोरियाको परमाणु कार्यक्रमका विषयमा विवाद रहँदै आएको छ । अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास गरेपछि उत्तरले दुई दिनअघि मात्रै अमेरिका र दक्षिण कोरियामा अन्धाधुन्ध परमाणु आक्रमण गर्ने चेतावनी दिएको थियो ।

पछिल्लो समय उत्तरले बढाउँदै लगेको परमाणु परीक्षणको प्रतिक्रिया स्वरुप संयुक्त राष्ट्र संघले गत हप्ता उसमाथिको प्रतिबन्ध थप कडा पारेको थियो ।

त्यसका बाबजुद पनि उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम रोकेको छैन । यसले गर्दा कोरिया प्रायःदीपमा तनाव बढ्दै गएको छ । (एजेन्सी)

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses