यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
कांग्रेस, एमाले, एमाओवादी परित्याग गरी समाजवादी फोरममा
सुर्खेत, २१ चैत । कांग्रेस, एमाले, एमाओवादी र राप्रपा पार्टी परित्याग गरी करिब ६० जना भन्दा बढी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।
समाजवादी फोरमले शनिबार सुर्खेतमा आयोजना गरेको खसान प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उनीहरु पार्टी परित्याग गरी पार्टी प्रवेश गरेका हुन ।
पार्टी प्रवेश गर्नेहरुलाई पार्टीका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईले माला र अबिर लगाइदिएका थिए ।
संघीय समाजवादी फोरमले वैशाख पहिलो हप्तादेखि हुने आन्दोलन राष्ट्रव्यापी बनाउने तयारी अनुसार हाल मुलुकको विभिन्न स्थानमा प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।
सोही अनुरुप शनिबार सुर्खेतमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो भने सो कार्यक्रममा २ सय भन्दा बढीको सहभागिता रहेको थियो ।
यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
proplley


0 comments
Write Down Your Responses