यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
स्वस्थ बच्चा जन्माउन अस्थायी साधनको प्रयोग कहिलेदेखी छाड्ने ?
सामान्यतया बच्चाको योजना बनाएका दम्पतीले तीन महिनादेखि नै परिवार नियोजनका साधन प्रयोग गर्न छाड्नुपर्छ। बच्चा जन्माउन चाहने दम्पतीले परिवार नियोजनको अस्थायी साधनको प्रयोग कहिलेबाट छाड्ने भन्ने कुरा प्रयोग गर्ने साधनका आधारमा भर पर्छ। हर्मोनल औषधि जस्तै पिल, सुई प्रयोग गर्नेहरुले यस्ता साधन प्रयोग गर्न छाडेको तिन महिना पछि मात्र गर्भधारण गर्नुपर्छ । त्यसपछि स्वास्थ्य जाँच गरेपछि चिकित्सकको सल्लाह बमोजिम गर्भको योजना बनाउनु पर्छ ।अस्थायी साधनको प्रयोग छाडेर महिनावारी नियमित नभएसम्म पुरुषले कण्डोम प्रयोग गर्ने र महिनावारी नियमित भएपछि कण्डोम प्रयोग गर्न छाड्दा गर्भ स्वस्थ रहन मद्धत पुग्छ । परिवार नियोजनका साधन प्रयोग गरिरहेका बेला गर्भ रहेमा बच्चा विकृत बन्न वा गर्भपात हुने सम्भावना हुन्छ । जन्मने बच्चा पनि अस्वस्थ र कमजोर हुन सक्छ ।
गर्भधारणका समयमा महिला र पुरुष दुवैले राम्रो मनोभावना राख्ने, नडराउने, चिन्ता नलिने, झगडा नगर्ने, शरीर सफा राख्ने, कपडा सफा लगाउने गर्नुपर्छ । गर्भधारणका समयमा महिलाजति तनावबाट मुक्त रहन्छिन्, बच्चा पनि त्यति नै स्वस्थ र सुन्दर रहन्छ । यस्तै गर्भवती भएपछि नियमित चेकजाँच गर्ने, पर्याप्त मात्रामा खानपिन गर्ने, भारी कुरा नबोक्ने र नियमित चिकित्सकको सम्पर्कमा रहने गर्नुपर्छ ।
स्वस्थ बच्चा जन्माउनका लागि सबैभन्दा उपयुक्त उमेर भनेको २० देखि ३० वर्षसम्मको उमेर हो । त्यसपछि क्रमशः उमेर बढ्दै जाँदा जोखिम पनि बढ्दै जान्छ ।
महिलाको उमेर १९ वर्षभन्दा कम छ भने सन्तान पाउनका लागि केही समय पर्खिनु नै उत्तम हुन्छ । ३५ वर्ष उमेर नाघिसकेकी महिलाबाट जन्मने बच्चामा पनि डाउन्स सिन्ड्रोमजस्ता जन्मजात विकार आउने सम्भावना हुन्छ ।
ढिलो बिहेले पुरुषको प्रजननशक्ति अर्थात् शुक्राणुमा कमजोरी आउँछ र यस्ता शुक्राणुमा गति पनि हुँदैन । बढी उमेरमा पुरुषको शुक्राणु बन्ने संख्यामा पनि कमी आउँछ । यसबाट गर्भ रहन समस्या हुनुका साथै कमजोर बच्चा जन्मने सम्भावना हुन्छ । यस्तै, बढ्दो उमेरसँगै महिलाको अण्डाको गुणस्तरीयतामा पनि कमी आउँछ ।
बढ्दो उमेरका अतिरिक्त आधुनिक जीवनशैली, तनाव र प्रदूषणका कारण पनि प्रजनन शक्तिमा असर पर्छ । उच्च रक्तचाप, मधुमेह वा थाइराइडजस्ता रोग प्रजनन शक्तिका लागि बाधक हुन् । यस्तै, उमेरखाएका महिलामा गर्भाशयको ट्युमर हुने सम्भावना पनि हुन्छ ।
एजेन्सीको सहयोगमा
यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
proplley



0 comments
Write Down Your Responses