यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
२७ महिनाकी बालिकामाथि यौन दुव्यवहार गर्ने काका पक्राउ
ललितपुर, जेठ २० - ललितपुरको लुभुमा आफ्नै काका पर्नेले २७ महिनाकी बालिकामाथि यौन दुव्यवहार गरेका छन् ।
सातदोबाटो प्रहरीकी डिएसपी तारादेवी थापाले २७ महिनाकी बालिकालाई आफ्नै काका पर्नेले यौन दुव्यवहार गरेको जानकारी दिएकी छन् ।
बालिकामाथि यौन दुव्यवहार भएको थाहा पाएपछि उनलाई स्थानीय हेल्थ पोष्टमा उपचारका लागि लगिए पनि उक्त हेल्थ पोष्टले थापाथली अस्पताल रिफर गरिदिएको थियो ।
थापाथली अस्पतालले प्रहरीलाई खबर गर्नु भनेपछि बालिकाको आमाले सातदोबाटो प्रहरीमा उजुरी दिएकी थिईन। बालिकामाथि यौन दुव्यवहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।
उपत्यकामा प्रायजसो बालबालिका आफन्तबाट नै यौन दुव्यवहारमा पर्ने गरेको डिएसपी थापाले जानकारी दिएकी छन् ।
यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
proplley


0 comments
Write Down Your Responses