loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

यी हुन शरीरमा पानीको मात्रा घट्न नदिने ७ खानेकुरा


काठमाडौँ । शरीरलाई स्वस्थ राख्न पर्याप्तमात्रामा पानीको आवश्यक पर्दछ । पर्याप्तमात्रामा शरीरलाई पानी नपुगे बिभिन्न खाले रोग लाग्ने गर्दछ । जाडो महिनामा प्राय मानिसलाई पानी पिउन मनलाग्दैन । यदी तपाइलाई पानी पिउन मनलाग्दैन भने त्यसको बिकल्पमा शरीरलाई पर्याप्त्मात्रामा पानि दिने खानेकुरा खानु पर्छ । आज हामी हाम्रो शरीरलाई पानीको कमीबाट रोक्ने खानेकुराको बारेमा जानकारी दिनेछौ ।जसको सेवनले शरीरमा हुने पानीको कमीलाई कम गर्दछ ।
१.ब्रोकाउली
ब्रोकाउलीमा शरीरलाई चाहिने पानीको मात्रा झन्डै ९१ प्रतिशत पानी हुन्छ । त्यसैले गर्दा पानीको कमी भएको अनुभब भएमा ब्रोकाउली खानु राम्रो हुन्छ ।
२ .पालक
पालकको सागमा पनि ९२ प्रतिशत पानीको मात्रा गर्दछ ।
३ नरिवलको पानी
काँचो नरिवलको पानीमा पनि ९५ प्रतिशत पानी हुन्छ । यसको सेवनबाट शरीरमा पानीको कमी हुन पाउँदैन ।
४. दुग्ध पदार्थ
दुग्ध पदार्थमा पनि अत्याधिक मात्रामा पानी हुन्छ । यसले शरीरमा पानीको कमी हुन दिँदैन । दुग्ध पदार्थमा ८५ देखि ९० प्रतिशत सम्म पानीको मात्रा हुने गर्दछ ।
५ .फूलकोभी
फूल कोभीले पनि शरीरमा पानीको कमि हुन दिँदैन । यसमा ९२ प्रतिशत सम्म पानी हुन्छ ।
६ .गोलभेँडा
गोलभेँडामा हरेक नेपालीको भन्सामा पाइने तरकारी हो । गोलभेँडा ९४ प्रतिशत सम्म पानी हुने विज्ञहरु बताउँछन् ।
७ .काँक्रो
काँक्रोमा ९६ प्रतिशत सम्म पानी हुने हुँदा शरीरमा पानीको कमी हुन दिँदैन ।

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses