यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले शुक्रबार मेचीदेखि कर्णाली बन्दको आह्वान गरेको छ । पक्राउ परेका आफ्ना कार्यकर्ताहरुलाई छुटाउन राज्यलाई दबाब दिन भन्दै विप्लव माओवादीले बन्द आह्वान गरेको छ ।
विभिन्न मुद्दामा आफ्ना कार्यकर्तालाई फसाउने काम गरेको भन्दै उनीहरुले जेठ २१गते शुक्रबार मेची, पश्चिम ताम्सालिङ र कर्णाली ब्यूरो बन्दको घोषणा गरेको छ । पश्चिम ताम्सालिङ अन्तर्गत चितवन, धादिङ, नुवाकोट र रसुवा बन्द गरिने उनीहरुले जनाएका छन् ।
झापा, जुम्ला र धादिङ जिल्लामा पक्राउ गरिएका नेता र कार्यक्रताको विना शर्त रिहाइको माग गर्दै बन्द आह्वान गरिएको विप्लव माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जनाएका छन् ।
फेसबुकबाटै बन्दको प्रचार
सामाजिक सञ्जालमा राखिएका बन्द सम्बन्धी सामग्री
विप्लव माओवादीले बन्द सफल गराउन समाजिक सञ्जालको प्रयोग गरेको छ । सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत बन्दको प्रचारप्रसार ब्यापाक पारेका छन् ।
कार्यकर्ता रिहाइका लागि दबाब दिन भन्दै उनीहरुले जेठ २७ गते नेपाल बन्द गर्ने भनी सामाजिक सञ्जालहरुमा बन्दको पोष्टरहरु पोष्ट र शेयर गरिरहेका छन् ।
हालसम्म झापा जिल्ला पार्टी सचिव बाबुराम राई, जिल्ला सदस्यहरु चमनलाल माझी र पुष्प अधिकारी, झापा जिल्लाका विद्यार्थी नेता नविन अधिकारी, जुम्ला जिल्ला पार्टी सदस्य तथा जिल्ला जनपरिषद प्रमुख रामप्रसाद शर्मा, धादिङ जिल्ला पार्टी सदस्यहरु कृष्ण खतिवडा र हरिशरण नेपाललाई बिनासर्त रिहा गर्नुपर्ने उनीहरुको भनाइ छ ।
सरकारले शनिबार संसदमा पेश गरेको बजेटमा बन्द, हड्ताल निषेध गरिएको छ । सार्वजनिक क्षेत्र बन्द हड्ताल गर्नेलाई क्षतिपूर्ति गर्ने बजेटमा उल्लेख छ । तर सदनमा पेश गरिएको बजेट पारित नहुँदै विप्लवले बन्द आह्वान गरेका छन् ।
khabardabali


0 comments
Write Down Your Responses