loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

राजधानीको कुलेश्वरमा भेटिएको चितुवा नियन्त्रणमा लिइयो


काठमाडौँ-काठमाडौँ महानगरपालिका–१४ स्थित कुलेश्वरमा क्षेत्रबहादुर श्रेष्ठको घरको कम्पाउन्डमा पसेको चितुवा नियन्त्रणमा लिइएको छ । विहान ७ बजे उक्त घरमा पसेको चितुवा नियन्त्रणमा लागि प्रहरी र चिडियाखानाका कर्मचारीहरूलार्इ लामै समय लाग्यो ।
लामो प्रयासपछि चितुवालार्इ डर्टगन हानेर नियन्त्रणमा लिइएको हो । अहिले चितुवालार्इ चिडियाखाना लगिएको छ ।
महानगरीय प्रहरी प्रभाग कालीमाटीका प्रहरी नायब उपरीक्षक हेमबहादुर थापाले स्थानीय गौरीशङ्कर मार्गको नजिकै श्रेष्ठको निवासमा बिहान चितुवा पसेको बताउँदै त्यसलाई नियन्त्रणमा लिइसकिएको बताए। उनका अनुसार सुरक्षाकर्मीले वन विभाग तथा चिडियाखानाका कर्मचारीसँग समन्वय गरी चितुवा नियन्त्रणमा लिइएको हो । यसअघि पनि राजधानीका विभिन्न भागमा चितुवाहरू देखिदैं अाएका छन् ।
फाइल तस्बिर

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses