यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
‘देशका लागि लडिरहेको थिएँ अब बहिनीका लागि लड्छु’
काठमाडौं । राष्ट्रिय फुटवल टोलीका स्टाइकर बिमल घर्तिमगरले बहिनीको हत्यामा सरकारको मौनलाई लिएर मार्मिक फेसबुक स्ट्याटस पोष्ट गरेका छन् । ‘मेरो बुवा देशका लागि लड्नु हुन्थ्यो उहाँलाई मैले १० बर्षअघि गुमाए, त्यो पिडा भुल्दै थिए, मेरो परिवारमा अर्काे पिडा थपियो । मैले देशका लागि लडे तर मेरै परिवारलाई सुरक्षा भएन’ विमलले निकै भाबुक शैलीमा लेखेका छन् ‘आजसम्म देशका लागि लडे अब बहिनीका लागि लड्छु ।’
उनले आफ्नो बाबु देशका लागि लडेको र आफु पनि देशका लागि लडिरहेको तर सुरक्षासम्म पाउन नसकेको बताएका छन् । ‘मेरो बुवा देशका लागि लड्नु भयो, मैले पनि देशकै लागि लडिरहेको छु, देशका लागि लड्ने ब्यक्तिको परिवारलाई सुरक्षा छैन भने म कसरी यो देशमा बसौँ, फेसबुक स्ट्याटसमा बिमलले सरकारलाई प्रश्न गरेका छन् ।
उनले देशका लागि लड्ने ब्यक्तिलाई नै सरकारले सुरक्षा नदिएको भन्दै अन्य सर्वसाधरणको अवस्था कस्तो होला ? भनेर प्रश्न समेत गरेका छन् । बहिनी मनिषाको तस्विर राख्दै उनले लेखेका छन् ‘मेरो बहिनीको हत्यारालाई कारवाही भएन भने यो देशका लागि के गर्नु ? आज म रोइरहेको छु ।


0 comments
Write Down Your Responses