loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

काठमाडौँमा गर्भपतनको डरलाग्दो रूप : प्लस टु पढ्ने किशोरी सबैभन्दा धेरै

काठमाडौँ– नेपालमा २०५८ सम्म गर्भपतन गर्नु र गराउनु कानुनी अपराध थियो । यदि कसैले गर्भपतन गराएमा त्यो कानुनको उल्लंघन हुने भन्दै धेरै डाक्टर तथा नर्स र स्वयम् गर्भपतन गराउनेले पनि जेलसम्म जानुपरेको थियो । यतिसम्म कि कतिपय घटनामा त बलात्कार तथा कम र बढी उमेरमा गर्भवती, बिरामी आदि भएमा पनि गर्भपतन गराउन ज्यादै समस्या थियो । गर्भपतनको विषयलाई लिएर महिला अधिकारकर्मी र स्वास्थ्यकर्मीले आन्दोलन नै गरेपछि सरकारले २०५८ देखि गर्भपतनसम्बन्धी कानुन ल्यायो र गर्भपतनलाई कानुनी मान्यता दियो ।

गर्भपतनले कानुनी मान्यता पाएपछि यतिबेला गर्भपतन सामान्य विषय बनेको छ । उमेर नपुगेका, उमेर बढी भएका, रोगी आदिमात्रै होइनन्, बच्चा जन्माउन सक्षम युवतीले पनि यो वा त्यो कारणले गर्भपतन गराइरहेका छन् । सामान्य अवस्थामा कुल गर्भवती भएकामध्ये १२ देखि १५ प्रतिशत महिलाको गर्भपतन हुने गर्छ । यस्तो अवस्था भनेको जटिलता आएर आफैँ गर्भपतन हुने र गराउने प्रक्रिया हो । तर, अनिच्छामा गर्भ बसेकोदेखि अहिले पनि लिंग पहिचान गरेर गर्भपतन गराउनेको संख्यामा कमी आएको छैन । काठमाडौँ जिल्लालाई हेर्ने हो भने गत आर्थिक वर्ष २०७१/०७२ मा २५ हजार ४ सय ६२ महिला सुत्केरी भएको देखिएको छ, जब कि सोही आर्थिक वर्षमा १३ हजार सात सय ५७ महिलाले कानुनी हिसाबले गर्भपतन गराएका थिए । जुन कुल सुत्केरी भएका महिलाको संख्यालाई हेर्ने हो भने गर्भपतन गराउने महिलाको प्रतिशत ३५ भन्दा बढी छ । जुन महिला स्वास्थ्यको दृष्टिकोणले यसलाई खराब भन्छन् जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँका तथ्यांक अधिकृत पुष्कर बिजुक्छे ।

कुन उमेर समूहका कति महिला ?

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँमा उपलब्ध तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७१÷७२ मा गर्भपतन गराउने १३ हजार ७ सय ५७ महिलामध्ये तीन हजार चार सय ५८ त किशोरी थिए । २० वर्षभन्दा कम उमेरका किशोरी गर्भवती हुनु र बच्चा जन्माउनु स्वास्थ्यका दृष्टिकोणले राम्रो होइन । तर पनि तथ्यांकले गर्भपतन गराएका महिलामध्ये २५ प्रतिशत महिला २० वर्षभन्दा कम उमेर समूहको रहेको देखाएको छ ।

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses