यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
बुबा-आमालाई प्रहरीले गिरफ्तार गरेपछि बिचल्लीमा परेकी डेढ वर्षकी बच्चीको दर्दनाक अवस्था
सुनसरीको बराहा ८ बाट शुक्रवार साझ धरानका खड्ग कुमारी राई र सुरज राईलाई प्रहरीले गिरफ्तार गर्यो ।
बराहा नगरपालिका ८ भरौलबाट उनीहरुलाई साँझ गिरफ्तार गरी तत्काल महेन्द्रनगर प्रहरी कार्यालयमा पुर्यायो । त्यहाँबाट राति नै सुनसरी जिल्ला प्रहरी कार्यलय इनरुवा ल्याईएको छ । हाल उनीहरुलाई ईनरुवामा नै राखिएको जिप्रका इनरुवाका डीएसपी प्रविण धितालले जानकारी गराए ।
राई दम्पतिसँगै नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी युगेनराई सहितको टीम पनि पक्राउ पर्यो । उनीहरु सबैलाई बराहा ८ बाटै पक्राउ गरिएको डीएसपी धितालले बताए । उनीहरु पक्राउ पर्नेबित्तिकै नेपाल कम्युनिष्ट पार्टीका जिल्ला ईन्चार्ज प्रज्वल श्रेष्ठले विज्ञप्ती निकालेर तत्काल रिह गर्न माग गरे ।
उनले विज्ञप्तीमा लेखेका छन् , “शान्तिपुर्ण गतिविधि गर्दै गर्दा प्रहरीले हाम्रा नेता कार्यकर्ता पक्राउ गरेकोमा घोर आपत्ति जनाउदै तत्काल रिहा गर्न माग गर्दछौ । साथीहरु बसिरहेको अवस्थामा पक्राउ गरिएको छ यस्तो कार्य तत्काल बन्द गरियोस् ।”
आमाबाबु पक्राउ परेपछि ढेड वर्षीया छोरी गिर्सिका राईको बिचल्ली भएपछि छिमेकीको शरणमा राखिएको जानकारी मिर्मिरेसँग आएपछि हामीले यस घटनाको बारेमा थप बुझ्ने प्रयास गरेका थियौ । सोही क्रममा घटनाबारे मिर्मिरेले जानकारी लिन खोज्दा सुनसरीका सिडियो गोपाल पराजुलीले त्यसबारे आफुलाई जानकारी नभएको बताए ।
‘पक्राउ परेको नै जानकारी छैन त ?’ भन्ने जिज्ञासामा पराजुलीले भने – “ म जान्दिन , यो बारेमा मलाई थाहा हुँदैन , प्रहरीलाई सोध्नुस् । मलाई सोध्ने हैन । ”
‘पक्राउ परेको त दुई दिन भयो रे नि ?’ भनेपछि उनले जवाफ दिए- ‘आज शनिवार पर्यो, भोली औपचारीक जानकारी आउँछ होला । त्यसपछि मात्रै मलाई थाहा हुन्छ अहिले मैले केही भन्न मिल्दैन ।’
त्यसपछि हामीले जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी पोषराज पोखरेलसँग कुरा गर्याै । उनले अहिले अनुसन्धानकै क्रममा भएकाले आफुले यसबारे जानकारी दिन नमिल्ने बताए । उनले भने- ‘योबारे प्रवत्तालाई सोध्नुस् मैले अहिले केहि बोल्न मिल्दैन ।’
मिर्मिरेले पुन प्रवत्ता डिएसपि धितालसँग सम्पर्क गर्यो । उनले पक्राउ परेका सबैलाई जिप्रकामा नै राखिएको र उनीहरुले निर्वाचन विरोधी गतिबिधि गरेको कारण पक्राउ गरिएको जानकारी दिए । धितालले भने- ‘बराहा ८ मा उनीहरु बैठक बसिरहेको अबस्थामा पक्राउ परेका हुन् । उनीहरुको साथबाट निर्वाचन खारेजी सम्बन्धी पर्चाहरु भेटिएका छन् । निर्वाचनको विरुद्ध गतिविधि गर्ने योजना बनाउन खोजिएकोले पक्राउ गरिएको हो ।’
धरानस्थित डेरामा बिहान छोरी छोडेर हिडेका सुरज र खड्गकुमारी भोलीपल्टसम्म नफर्किएपछि खोजी गर्दा पक्राउ परेको थाहा पाएको छिमेकी कला राईले बताईन् । उनका अनुसार छोरीले रातभरी आमा बाबु खोजेको बतार्इन् । ‘बिहान समाचार आएपछि पक्राउ परेको थाहा भएको भन्दै छोरीको बिजोग भएकोले आमालाई भेट्न लगेको तर सम्भव नभएको बताईन् ।’
उनले भनिन्- ‘नानी लगेर गएको थिए । भित्र कहाँ भेट्ने, कल्लाई भन्ने केही थाहा भएन । बाहिर सोधेको के कारणले पक्राउ पर्या भनेर सोध्यो । किन पक्राउ पर्या मलाई थाहा भएन, बरु फर्कछु भनेर आए ।’ उनले छोरी हेर्ने कोही परिवारमा नभएकोले आफुहरुले राखिदिएको तर आमाबाबु खोजेर दुख दिने गरेकोले गाह्राे भएको बताईन् ।
घटनाबारे थप अनुसन्धान भईरहेकाले हालसम्म उनीहरुलाई हिरासतमा राखेर सोधपुछ भईरहेको र भोली आईतवार सार्वजनिक अपराध सम्बन्धी मुद्धा दायर गर्ने तयारी भएको प्रहरीले जनाइएको छ । यसपछि झन् बच्चीको अवस्था झन् बिचल्ली हुने देखिएको छ ।
मिरमिरे अनलाइनबाट ।
यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
proplley



0 comments
Write Down Your Responses