यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
आजको राशिफल – बि.स.२०७४ जेष्ठ ०५ गते । शुक्रबार । ईश्वी सन् २०१७ मे १९ तारिख ।
बि.स.२०७४ जेष्ठ ०५ गते । शुक्रबार । ईश्वी सन् २०१७ मे १९ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९३८ । ज्येष्ठ कृष्ण पक्ष । तिथि अष्टमी,१९ घडि ४१ पला । दिउँसो १३ बजेर ०७ मिनेट उप्रान्त नवमी । नक्षत्र धनिष्ठा ३ घडि ०९ पला, बिहान ६ बजेर ३० मिनेट उप्रान्त शतभिषा । योग ऐन्द्र २८ घडि ५० पला,बेलुका ४ बजेर ४७ मिनेट उप्रान्त वैधृति । करण कौलव, दिउँसो १३ बजेर ०७ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा धाता योग । चन्द्रराशि कुम्भ । पञ्चक । गोरखकालि पूजा ।
काठमाडौंमा सूर्योदय ०५ बजेर १५ मिनेट, सूर्यास्त बेलुका ०६ बजेर ४७ मिनेट जादा । दिनमान ३३ घडी ५० पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिद्या तथा प्रतिश्पर्धामा तपाईको अपराजित यात्रा कायमै रहनेछ । अधुरा कामहरु पूरा हुँनुका साथै नयाँ कामका अवसर आउँनेछन् । आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्नेछन् भने थोरै लगानिबाट पनि प्रशस्त नाँफा कमाउँन सकिनेछ । बिषेश गरि तरल पदार्थ तथा खनिज पदार्थ सँग सम्बन्धित बस्तुहरुको व्यावसाय फस्टायर जानेछ । सवारी साधन तथा स्थाई सम्पति प्राप्तिको योग रहेको छ । बिभिन्न किसिमका मानव निर्मित भौतिक साधनहरु लाभ हुँनेछन् । प्रेम प्रशङगले दिन रमाईलोका साथ बित्नेछ भने ईच्छित कामनाहरु पुरा हुँने समय रहेको छ ।
शुभ अंक — ४,९ शुभ दिशा — दक्षिण
शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम
शुभ अंक — ४,९ शुभ दिशा — दक्षिण
शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) व्यापार व्यावसायमा प्रशस्त नाँफा कमाउँन सकिनेछ भने राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुँनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नतिको गतिलो सम्भावना रहेकोछ । बिवादित बिषयहरु हल भएर जाने तथा सत्रुहरु आफै किनारा लाग्ने हुँनाले काम गर्न सहज हुँनेछ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुले आफुले माया गरेको मानिसलाई आफ्नै मन मुटुमा राख्न पाउँदा मन प्रशन्न हुँनेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई पाखा लगाई नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ ।
शुभ अंक —२,५ शुभ दिशा — पुर्व
शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम
शुभ अंक —२,५ शुभ दिशा — पुर्व
शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) सरकारि तथा प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । सामाजिक कामहरु समयमा सम्पन्न हुँने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । अध्ययन तथा अध्यापनमा रुचि बढ्नेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित कामहरुबाट मनग्गे नाँफा कमाउँन सकिनेछ । पुराना साथिभाई तथा आत्मिय मित्रहरु बाट सहयोग हुँनेछ । धर्म,सस्कृति तथा रितिरिवाजमा अलि बडि चासो बढ्नेछ । भाग्यले साथ दिने हुँनाले व्यापार व्यावसायबाट राम्रै आम्दानि गर्न सकिनेछ । प्रगतिशिल तथा तारिफयोग्ग काम गरि घर परिवारमा सबैको मन जित्न सकिनेछ ।
शुभ अंक — ४,७ शुभ दिशा — पश्चिम
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ चित्रगुप्ताय नम
शुभ अंक — ४,७ शुभ दिशा — पश्चिम
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ चित्रगुप्ताय नम
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सवारि साधन चलाउदा वा बाटो हिड्दा होसियारि अपनाउँनु होला चोटपटक लाग्न तथा दुर्घटना हुँन सक्छ । भौतिक सम्पति तथा रुपैया पैसा हराउँने तथा लुटिने अधिक सम्भावना रहेको छ ध्यान दिनुहोला । न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुँने हुँनाले आज मुद्धा मामिलामा सामेल भए हारिने सम्भावना रहेको छ । समयमा काम नबन्ने,आर्थिक संकटको सामना तथा ऋण लाग्ने हुँनाले मानसिक तनाब बढ्नेछ । बैक तथा बित्तिय सस्थामा गरिएको लगानि बाट सन्तोषजनक नाँफा कमाउँन सकिनेछ । दिदि बहिनिबाट तपाईले आशा गरेजस्तो सहयोग नपाईने हुँदा मन खिन्न हुँनेछ ।
शुभ अंक — ५,७ शुभ दिशा — पश्चिम
शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम
शुभ अंक — ५,७ शुभ दिशा — पश्चिम
शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) रोकिएर बसेका तथा अधुरा कामहरु केहि समय दिएर फत्ते गर्न सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछि पारि अगाडि बढ्ने समय रहेको छ । ब्याबसायिक यात्राको क्रममा नयाँ तथा सुन्दर दृष्यहरुको अवलोकन गर्न अवसर प्राप्त हुँनेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिनलाई रङगिन बनाउँन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पद प्रतिष्ठा तथा सम्मान पाउँने योग रहेकोछ ।
शुभ अंक — ५,८ शुभ दिशा — उत्तर
शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम
शुभ अंक — ५,८ शुभ दिशा — उत्तर
शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) मुद्दा मामिला तथा न्यायलयबाट हुँने निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् भने वादबिवाद तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा थप लगानि गर्ने बाताबरण बनेर जानेछ । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन गसिलो भएर जानेछ । स्वास्थ्य सम्बन्धि पुराना समस्या भए समाधान भएर जानेछ । मेहनेत तथा लगनशिल भएर अध्ययन गर्ने जोसजागर आउँनेछ । मामा तथा मावलि पक्षबाट सहयोग पाईने तथा आज गरिने सकारात्मक प्रयासहरु सफलता पुर्वक सम्पन्न हुँनेछन् ।
शुभ अंक — ७,९ शुभ दिशा — उत्तर
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम
शुभ अंक — ७,९ शुभ दिशा — उत्तर
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,त) आकस्मिक लाभ हुँने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् भने भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुँनेछ भने पढाई लेखाईमा राम्रो प्रगति हुँनेछ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि लामो समय सँगै बसेर भावना तथा मनका कुरा साटासाट गर्ने अवसर प्राप्त हुँनेछ । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा सहयोग हुँनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायमा लगानि बडाउँदा राम्रो प्रतिफल प्राप्त हुँनेछ ।
शुभ अंक — ५,७ शुभ दिशा — पश्चिम
शुभ रंग — सेतो कार्य सद्धि मन्त्र — ॐ घोररुपाय नम
शुभ अंक — ५,७ शुभ दिशा — पश्चिम
शुभ रंग — सेतो कार्य सद्धि मन्त्र — ॐ घोररुपाय नम
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायमा प्रशस्त समय खर्र्चिए पनि थोरै उपलब्धिमा चित्त बुझाउँनु पर्नेछ भने कृषि तथा पशुपालन अगाल्नेहरुले व्यावसायलाई समय सापेक्ष परिमार्जन गरि आय आर्जन बढाउँन सक्नेछन् । स्थाई तथा पैत्रिक धन सम्पतिमा बिवाद आउँने योग रहेकोछ ध्यान दिनुहोला । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचनात्मक समर्थन प्राप्त हुँनेछ । अरुको काम गर्दा समय बितेको पत्तो नपाईने हुँदा आफ्नो काम भने थाति रहनेछ । खोज तथा अनुशन्धानको क्षेत्र तपाई आफ्नै कारणले फितलो रहने हुँनाले भने जस्तो नतिजा हात पार्न अलि बढि मेहनेत गर्नु पर्नेछ ।
शुभ अंक — ५,८ शुभ दिशा — पुर्व
शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम
शुभ अंक — ५,८ शुभ दिशा — पुर्व
शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) लामो समय देखि अल्झेर बसेका बिवादित बिषयहरु हल हुँनेछन् भने अदालत तथा न्यायलयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । नोकरि तथा पेशा व्यावसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । आफुभन्दा बिशिष्ट ब्याक्तिसँगको भेटघाटले नयाँ योजना बनाउँन सहयोग पुग्नेछ । तपाईबाट गलत सस्कार बिरुद्ध कलम चलाएर समाजमा जनचेतना फैलाउने काम हुँनेछ । जनसम्पर्क बढ्ने तथा दाजुभाई,छिमेकिबाट सहयोग पाईने हुँनाले मन प्रशन्न रहनेछ । छोटो तथा महत्वपुर्ण यात्राको तय हुँनेछ भने पराक्रम बढेर जाने हुँनाले शाहसिलो काम गर्ने जोस जागर बडेर आउँनेछ ।
शुभ अंक — ३,९ शुभ दिशा — उत्तर
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम
शुभ अंक — ३,९ शुभ दिशा — उत्तर
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) प्रशंसकहरु बढ्नेछन् प्रेम बन्धनमा बाधिने गतिलो सम्भावना रहेकोछ । खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईको बलियो पकड रहनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु सम्पादन हुँनेछन् । कार्यक्षेत्रमा तपाईको कामको उच्च सम्मान हुँनेछ । धनसम्पति तथा आय आर्जनमा बृद्धि भएर जानेछ । आफन्त,साथिभाई तथा कुटुम्बसँगको सम्बन्धमा नयाँ अध्यायको शुरुवात हुँनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुँनेछ । सांगितिक क्षेत्रमा समय दिनेहरुका लागि आजको दिन उत्तम रहेको छ ।
शुभ अंक — १,६ शुभ दिशा — दक्षिण
शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ सदाशिवाय नम
शुभ अंक — १,६ शुभ दिशा — दक्षिण
शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ सदाशिवाय नम
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनिति तथा समाजसेवामा समय दिनेहरुका लागि जनताबाट प्रत्यक्ष सहभागिता सहितको समर्थन पाईने हुँनाले समाज परिवर्तन गर्न जोस जागर बढेर आउनेछ । समस्याका पर्खालहरु बिस्तारै ढल्दै जाने तथा सत्रु परास्त हुँनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । सिमित स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ता पुरा गर्न सकिनेछ भने आर्थिक ब्याबस्थापनका पुराना मुद्दाहरु हल भएर जानेछन् । हाते औजार तथा घरेलु मेसिन प्रयोग गरेर आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । प्रतिभाको उच्च मुल्यांकन हुँनुका साथै सामाजिक रुपमा ख्याति बढ्नेछ ।
शुभ अंक — २,७ शुभ दिशा — दक्षिण
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम
शुभ अंक — २,७ शुभ दिशा — दक्षिण
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) साना तिना कामका अल्झनु पर्दा अध्ययन तथा अध्यापनमा समय दिन सकिने छैन । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखा पर्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला तपाईको यात्रा कष्टपुर्ण हुँन सक्छ । कमर्शियल निर्णयहरु आजको दिन धाति राख्नु होला किनकी व्यापार व्यावसायमा घाटा लाग्ने योग रहेको छ भने बैदेशिक क्षेत्र सँग सम्बन्धित व्यावसायमा लगनि बढाउँदा प्रशस्त नाँफा कमाउँन सकिनेछ । आफन्तजन तथा परिवासँग टाडिनु पर्दा मानशिक तनाब बढ्नेछ भने आपराधिक क्रियाकलाममा सम्लग्न मानिस सँग टाडै रहनुहोला तपाईलाई प्रलोभनमा पारेर आफ्नो स्वार्थ पुरा गर्न खोज्नेछन् ।
शुभ अंक — १,९ शुभ दिशा — पुर्व
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम
शुभ अंक — १,९ शुभ दिशा — पुर्व
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम
रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यबाद ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
चाबहिल, काठमाडौं
फोन न. ९८५११७८४५९
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
चाबहिल, काठमाडौं
फोन न. ९८५११७८४५९
यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
proplley



0 comments
Write Down Your Responses